संगीतकार विक्रम राईको रुँदा–रुँदै हाँसेको मान्छे सार्वजनिक (भिडियोसहित)


१४ श्रावण २०७७, बुधबार
rudarudai haseko manchhe 1

काठमाडौं, १४ साउन । गायक तथा संगीतकार विक्रम राईको संगीतमा रहेको ‘तिमीले बाटो फेर्‍यौ अरे–२’ गीत हिट भएपछि फेरि यतिबेला ‘रुँदा–रुँदै हाँसेको मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

धैरै वटा गीतमा संगीत गरेका विक्रमले पाँच दर्जन भन्दा बढी गीतमा स्वर समेत दिइसकेका छन् । अहिले युट्युव च्यानलमा चर्चा कमाइरहेको ‘रुँदा रुँदै हाँसेको मान्छे’ बोलको गीतमा सागर संसार राईले स्वर दिएका छन् ।

दुई लाख भन्दा बढीले हेरिसकेको यो गीतको शब्द रचना गोपालचन्द्र राईले गरेका छन् । यस गीतको भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईले अभिनय गरेका छन् ।

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७