पूर्व जर्नेलकी छोरीले चिठी लेखेर संसार छाडेपछि…


१४ श्रावण २०७७, बुधबार
death photo1

काठमाडौं, १४ साउन । पूर्व दुईतारे जर्नेल डा. पूर्ण सिलवालको घरलाई अहिले एउटा असह्य बेदनाले घेरेको छ ।

घर सुनसान थियो । बाथरुम गइरहने र भित्रै लामो समय टोलाउने उनको पुरानै आदत । तर, सोमबार दिउँसो १२ बजे जब बाथरुम छिरिन्, तब कहिल्यै यो धर्तिलाई जिउँदो आँखाले नियाल्न नसक्ने गरी बिदा भइन् । छेउमा अंग्रेजीमा लेखिएको एउटा चिर्कटो छाडिन् ।

लेखिएको थियो, ‘नोबडी इज टु बि ब्लेम्बड…’ अर्थात्, ‘यो घटनाप्रति कोही आरोपित छैनन् (स्वेच्छाले) ।’

जर्नेल डा. पूर्णकी २७ वर्षिया कान्छी छोरी नयोनिकाले य सप्रकार सोमबार धर्ति छाडिन् । सेन्ट मेरिजकी प्रोडक्ट र भारतमा स्नातकोत्तरको अध्ययन सिध्याएर स्वदेश फर्किएकी उनी कुनै काम वा पेशामा आवद्ध हुने रुची राख्दिन थिइन् । परिवारका सदस्यहरूले कुनै जागिर वा समय बिताउने माध्यमका रूपमा केही न केही काममा लगाउने प्रयास गरेको धेरै भयो ।

तर, उनी ‘ह्याऽऽऽ’ भन्दै पन्छिन्थिन् । घरायसी मामिला होस् वा अन्य कुनै विषय होस्, न आफ्नो कुरा शेयर गर्थिन्, न अर्काका कुरामा प्रतिक्रिया जनाउँथिन् । यस्तोखाले अन्तरमुखी स्वभावबाट मुक्त गराउन आमा जयन्तीले धेरै प्रयास गरिन् । तर, सकिनन् । बाहिरफेर आफू निस्कँदा सकेसम्म छोरीलाई लैजाने आमाको चाहना हुन्थ्यो ।

दुई वर्षअघि दिदीको विवाह भयो । यो वर्ष उनै बहिनीको पालो थियो । मंसिरतिर विवाह गर्ने सोचमा परिवार थियो । तर, नयोनिका न घरबाट निस्कन मान्ने, न विवाहका कुरै सुन्न चाहने ! अन्ततः अस्ती १२ गते दिउँसो घाँटीमा सलको पासो बेरेर प्राण त्यागिन् ।

बुबा डा. पूर्ण दुई वर्षअघि नेपाली सेनाको जर्नेल (सम्भाररथी) बाट अनिवार्य अवकास पाएर घर फर्किएका हुन् । तर, लामो समय सुरक्षा निकायमा सेवा गरेका कारण उनले अवकासपछि अध्ययन र अध्यापनका कामलाई अगाडि बढाए । यसकारण दिनको समय घरमा कमै बस्छन् ।

उनले विवाह गरेकी जयन्ती प्रधानसेनापति पूर्णचन्द्र थापाकी बहिनी हुन्, अर्थात् डा. पूर्ण प्रधानसेनापतिका बहिनी ज्वाइँ र आत्महत्या गर्ने नयोनिका भाञ्जी हुन् । पूर्णलाई सरकारले राष्ट्रिय सुरक्षा नीति निर्माणसम्बन्धी कार्यदलमा राखेको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७