सिंचाइ कुलोमा शव फेला


१४ श्रावण २०७७, बुधबार
child death 1

पाँचथर, १४ साउन । पाँचथरको फिदिमका एक व्यक्ति सिंचाइ कुलोमा मृत फेला परेका छन् । फिदिम नगरपालिका–४ जोरसालका ५१ वर्षीय जगन्नाथ सुवेदी वडा नं २ स्थित थाङसाङ खोलाबाट आफ्नो गाउँतर्फ लगिएको कुलोको पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

सुवेदीलाई आज बिहान करीब ७ः३० बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेपछि प्रहरीमा खबर गरेका थिए । घटनाको प्रारम्भिक अनुसन्धानपछि शवपरीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७