बाबा र एचएचसीएलाई उपाधि


१७ माघ २०७४, बुधबार
बाबा र एचएचसीएलाई उपाधि
बाबा र एचएचसीएलाई उपाधि 2
सन्जु हायु राई (बायाँ) र गोकुल मोक्तान ट्रफीसाथ

काठमाडौं: बाबा बोर्डिङ स्कुल र एचएचसीएले दोश्रो बौद्ध इन्टरनेसनल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । बाबा ब्वाइज तथा एचएचसीए गल्र्समा च्याम्पियन बने । बाबा र एचएचसीएलाई उपाधि
अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा बाबाले नेरिकलाई ४९–४८ को झीनो अन्तरले पराजित गर्‍यो । बाबाको जितमा गोकुल मोक्तानले १४ अंक योगदान गरे ।
तेश्रो क्वाटरको समाप्तिसम्म बाबा २९–३७ ले पछि थियो । चौथो तथा अन्तिम क्वाटरमा २०–११ को अग्रता लिदै बाबाले उपाधि सुनिश्चित गर्‍यो ।
गल्र्सको उपाधि भिडन्तमा एचएचसीएले बाबालाई ३८–२८ ले हरायो । एचएचसीएकी सन्जु हायु राईले १९ अंक जोडिन् ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय गोकुल र सन्जु ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । ब्वाइजमा आयुश रिमाल र गल्र्समा आर्या बुढा क्षेत्री ‘फेभ्रेट प्लेयर’ घोषित भए । दुवै आयोजक बौद्ध इन्टरनेसनलका हुन् ।
विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, बौद्ध इन्टरनेसनलका प्रबन्ध निर्देशक अहमद कमललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगिताको ब्वाइजमा ८ तथा गल्र्समा ५ टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७