केन्द्रिय कमिटी वैठक माग गर्दै नेकपा महासचिवलाई डेढ सय सदस्यको हस्ताक्षर


१४ श्रावण २०७७, बुधबार
nekapa scaled

काठमाडौं, १४ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी वैठक बस्न पनि ठूलै कसरत गर्नुपर्ने अवस्था आएको बताइरहेका बेला नेकपामा केन्द्रिय कमिटी वैठकको माग भएको छ ।

पार्टीभित्र लामो समयदेखि रहेको विवाद अन्त्यका लागि तत्काल केन्द्रीय कमिटी बैठक माग गर्दै नेकपाका १५० केन्द्रीय सदस्यहरुले हस्ताक्षर बुझाउने तयारी गरेका छन् । केन्द्रिय कमिटी वैठक माग गर्दै डेढ सय जनाको हस्ताक्षर पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बुझाउन लागिएको एक नेताले जानकारी दिए ।

पार्टीभित्रको विवाद जतिसक्दो हल हुनुपर्छ भन्ने उद्देश्यले पार्टी महासचिव विष्णु पौडेललाई हस्ताक्षर बुझाउन लाागिएको नेकपा नेता हिमाल शर्माले जानकारी दिएका छन् ।

असार १० गतेदेखि बसेको स्थायी कमिटीको बैठकमा एजेण्डामा छलफल नै नभई पार्टीभित्रकै विवाद अगाडि आएका कारण पार्टी एकतालाई जोगाउनकै लागि केन्द्रीय कमिटी बैठकको माग गरिएको उनले बताएका छन् । नेकपाको अन्तरिम विधानले २५ प्रतिशत सदस्यले माग गरे बैठक बोलाउनै पर्ने व्यवस्था गरेको छ । यसअघि माघको १५ देखि १९ सम्म काठमाडौंमा नेकपाको केन्द्रीय कमिटी बैठक बसेको थियो ।

सरकार र पार्टी सञ्चालन गर्न ओली असफल भएको भन्दै स्थायी कमिटीको बैठकमा उनको राजीनामा माग भएको छ । नेकपा अध्यक्ष प्रचण्डले ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने बताउँदै आएका छन् भने प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली दुबै पदबाट राजीनामा नदिने बरु जस्तोसुकै परिस्थिति सामना गर्न तयार रहेको स्पष्ट बताइसकेका छन् ।

हिजो (मंगलबार) तय भएको स्थायी कमिटी वैठक केपी ओलीले एकलौटी रुपमा स्थगित गरेपछि दुई अध्यक्षबीचको विवाद कटुतातर्फ अघि बढिरहेको छ । केपी ओलीले वैठक स्थगित गरेपछि प्रचण्डको अध्यक्षतामा बालुवाटारमै बहुमत सदस्यको वैठक बसेको थियो ।

वैठकले केपी ओलीको एकल निर्णयमा स्थायी कमिटी वैठक स्थगित गरिनु विधिसम्मत नभएको ठहर गरेको थियो । यता केपी ओलीको सचिवालयले भने स्थायी कमिटी वैठक स्थगित भएपछिको छलफल अनौंपचारिक मात्र भएको बताएको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७