महाकालीमा पानीको बहाव बढ्यो, शारदा ब्यारेजमा सवारी साधनलाई रोक


१५ श्रावण २०७७, बिहीबार
mahakali 1

महेन्द्रनगर, १५ साउन । दुई दिनदेखिको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले महाकालीमा पानीको बहाव बिहानदेखि बढिरेहको बताए ।

प्रहरीका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव एक लाख ९६ हजार ९४० क्युसेक मापन गरिएको छ । भारतले लामो समयदेखि महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुगे शारदा ब्यारेज (बनवासा पुल) मा ठूला सवारी साधनलाई रोक लगाउँदै आएको थियो ।

बन्दाबन्दीका कारण भारतबाट समिति समयमा नेपाली सो नाकाबाट फर्किने गरेको भए पनि सवारी साधन भने पूर्णरुपमा बन्द छन् । वर्षाका कारण महाकाली नदी छेउका बस्तीमा खतरा हुनसक्ने भन्दै नदी किनारमा नजान र सुरक्षित रहन आग्रहसमेत गरिएको छ ।

महाकाली किनारमा बनिरहेको छ लेनको पहुँच मार्ग र सो क्षेत्रको तटबन्धका कारण भीमदत्तनगरपालिका–११ भुजेला र वडा नंं १२ का तटीय क्षेत्रका बासिन्दा भने सुरक्षित छन् । विगत वर्षहरुमा सो क्षेत्रमा महाकाली नदीले हरेक वर्ष क्षति पुर्‍याएको आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७