‘सिरी ए’ को उपाधि जितिसकेको युभेन्टस काग्लिरीसँग पराजित


१५ श्रावण २०७७, बिहीबार
gettyimages 1192180844 nFyeV6wSZQ

काठमाडौं, १५ साउन । इटालियन ’सिरी ए’ को उपाधि जितिसकेको युभेन्टस काग्लिरीसँग पराजित भएको छ ।

एक खेल अगाडि उड्सिनीसँग हारेको युभेन्टस फेरि काग्लिरीसँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा काग्लिरीको जितमा लुका गाग्लियानो र सिमोनले एक एक गोल गरे ।
खेलको आठौं मिनेटमा नै मेटिलीको पासमा लुकाले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफका अन्तिममा सिमोनले गोल गरेपछि युभेन्टस दुई शून्यले पछाडि रह्यो ।

दोस्रो हाफमा युभेन्टसले खेलमा फर्किनका लागि निकै प्रयास र दबाव दिएको थियो । तर उसले काग्लिनीको डिफेन्सको फाइदा उठाउन सकेन । जसका कारण युभेन्टसले जारी सिजनमा छैटौं हार ब्यहोर्‍यो ।

अब ’सिरी ए’ को अन्तिम चरणका खेलहरु बाँकी रहेका छन । यो हारपछि पनि युभेन्टस दोस्रो स्थानको इन्टर मिलान भन्दा चार अङ्कले अगाडि रहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७