विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाइने


१५ श्रावण २०७७, बिहीबार
kwarentine jhapa scaled

काठमाडौं, १५ साउन । अब विद्यालयमा क्वारेन्टिन र आइसोलेसन बनाउन नपाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले विद्यालय भवन र परिसरमा क्वारेन्टिन र आइसोलेसन बनाउन नपाउने निर्णय गर्दै भएकाहरु पनि हटाइने भएको हो ।

यसअघि क्वारेन्टिन र आइसोलेन बनाएका विद्यालयलाई सम्बन्धित पालिकाले पूर्णरुपमा निर्मलीकरण गर्नैपर्ने पनि निर्णय भएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

यस्तै शैक्षिक सत्र २०७६–७७ को नतिजा प्रकाशन गर्ने, भदौ १ गतेदेखि विद्यार्थी भर्ना गरेर कक्षागत रुपमा विवरण यकिन गर्ने, पाठ्यपुस्तक वितरण गर्ने र शिक्षकहरु विद्यालय पुगिसक्नु पर्ने पनि सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७