ओलीको विकल्प कोही छैन : उद्योगमन्त्री लेखराज भट्ट


१५ श्रावण २०७७, बिहीबार
lekharaj bhattar 2020

काठमाडौं, १५ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा अहिले कोही पनि नभएको बताएका छन् ।

पार्टीमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बीचमा सहमति बाहेक अर्को विकल्प नभएको उल्लेख गर्दै मन्त्री भट्टले त्यसका लागि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने बताए । सरकार परिवर्तनको खेल भए देश फेरि अस्थिरतातर्फ जाने समेत उनले बताएका छन् ।

रिपोर्टर्स क्लवमा भएको कार्यक्रममा बोल्दै भट्टले स्थिर सरकारको नयाँ इतिहास रच्नका लागि पनि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने बताए । बहुमत स्थायी समिति सदस्यहरूले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने बताइरहेका वेला भट्टले यस्तो धारणा राखेका हुन् ।

मन्त्री भट्टले भने, ‘केपी शर्मा ओलीको विकल्प मैले देख्दिनँ । नेपालको इतिहासलाई हामीले के गर्नुपर्छ भने अहिलेसम्मको इतिहासलाई ब्रेक थ्रु गर्नुपर्छ । नयाँ इतिहास बनाउनुप र्छ । त्यो भनेको के हो भने पाँच वर्ष सरकारको नेतृत्वलाई निरन्तरता दिनुपर्छ ।’

मन्त्री भट्टले पार्टीभित्र अहिले केपी प्रवृत्तिहरू खेल्न खोजेकाले त्यसलाई परास्त गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे । पार्टीको एकता महाधिवेशन सहमतिमै हुने उल्लेख गर्दै भट्टले नेतृत्व समेत सहमतिमै टुंगो लाग्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७