सिटिजन्स बैंकको एसएमई कर्जा तथा घर कर्जा ९.५०५ ब्याजदरमा


१५ श्रावण २०७७, बिहीबार
citizen bank3 1U2F3VdGfy

काठमाडौं,साउन १५ । सिटिजन्स बैंकले विशेष सुविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) सार्वजनिक गरेको छ । यस घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.०५ वार्षिक ब्याजदरमा नै जग्गा÷घर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा प्राप्त गर्न सकिनेछ ।

विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको बिषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामू पस्कने उद्देश्यका साथ बैंकले यो आकर्षक योजना सार्वजनिक गरेको हो । ग्राहकहरुले कागजात पेश गरेको ३ कार्य दिन भित्र निर्णय हुने सरल प्रक्रिया सहितको यस २५ वर्ष सम्मको समयावधि भएको योजना अन्तगर्त घर कर्जा लिनुहुने सम्पूर्ण ग्राहकहरुलाई निस्शुल्क क्रेडिट कार्ड प्रदान गरिने कुरा बैंकले जनाएको छ ।

यस आर्कषक घर कर्जा योजनाबाट ग्राहकहरुको जीवनमा खुसियाली थपिने अपेक्षा बैंकले लिएको छ । छोटो समयावधिको लागि संचालनमा ल्याईएको यस योजना बाट लाभान्वित हुन तथा थप जानकारीका लागि बैंकको देशैभरी रहेको नजिकैको शााखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । यसका साथ साथै बैंकले सिटिजन्स मोर्टगेज लोन ९व्यक्तिगत कर्जा० १०.९९५ वार्षिक ब्याजदरमा उपलब्ध गराउने छ ।

राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुकालागि सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न देशै भरी छरिएका बैंकका १०९ शाखाहरुबाट कार्यारम्भ समेत थालिएको छ ।सो को लागि आवश्यक तयारी गरिसकिएको कुरा बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७