निर्मला हत्या प्रकरण : कसको थियो त्यो सर्टको टुक्रा ?


१६ श्रावण २०७७, शुक्रबार
nirmala dLRA5gCj17

काठमाडौं, १६ साउन । निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण जति रहस्यमय बनेको छ, उति नै यसको अनुसन्धान सुस्त पनि छ । पछिल्लो समय निर्मला हत्या अनुसन्धान एउटा परीक्षणले रोकिएको छ ।

घटनास्थलमा भेटिएको सर्टको टुक्राको फाइबर परीक्षणको रिपोर्ट दुई वर्ष बित्दा पनि आएको छैन । उक्त सर्टको टुक्रा दिलीपसिंह विष्टको हो कि होइन भनेर परीक्षण अनिवार्य बनेको छ ।

सर्टको टुक्राको परीक्षण भारतको सुविधासम्पन्न फरेन्सिक ल्याबमा पठाउनुपर्ने राय गृह मन्त्रालयले परराष्ट्रलाई दिएको थियो । परराष्ट्रले भारतको दिल्लीस्थित नेपाली दूतावासमा समन्वय गरेकोसम्म देखिन्छ । तर, नमुना परीक्षण भने अझै भइनसकेको प्रहरी मुख्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले निर्मला हत्या अनुसन्धानले थप पूर्णता पाउने दाबी गरे। उनले भने, ‘अनुसन्धान गर्ने प्रहरी कर्मचारीमाथि नै अदालतमा मुद्दा चलेको थियो । उनीहरूले सफाइ पाएका छन् । अब ती अनुसन्धान अधिकृतकै सहयोगमा थप अनुसन्धानअघि बढ्ने छ ।’

घटना अनुसन्धनका लागि अहिले पनि सीआइबीको टोली कञ्चनपुरमै छ । घटनास्थलमा भेटिएको सर्टको टुक्राको परीक्षण प्रक्रियामै रहेको उनले बताए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७