१५ किलो सुन कसरी भयो चाँदी ?


१६ श्रावण २०७७, शुक्रबार
gold kamaladi

काठमाडौं, १६ साउन । प्रहरीले कमलादीमा सुरक्षा जाँच गरिरहेको थियो । त्यही बेला बा ६ च नम्बरको सेतो रङको स्कर्पियो प्रहरीले रोक्न खोज्यो । तर गति बढाएर गाढी भाग्यो । प्रहरीले पिछा गर्‍यो ।

त्यसको सुइँको पाएपछि कपडाको झोला फ्याँकेर गाडी भागेको प्रहरीले जनाएको थियो । यो घटना गत मंगलबारको हो । तत्काल काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले पत्रकार सम्मेलन गरी १५ किलो सुनसहित हतियार फेला परेको जानकारी दिए ।

उनले थप अनुसन्धान भइरहेको बताए । तर, प्रहरीले सुन भनेको धातु पछि जाँच गराउँदा साढे १४ किलो चाँदी पुष्टि भयो । आधा किलो मात्र सुन भएको प्रहरीले बतायो । प्रहरीको कडा सुरक्षा भएको ठाउँबाट गाडी कसरी उम्कियो ? यसमा गम्भीर प्रश्न उब्जिएको छ । प्रहरीकै मिलेमतो भएको हुन सक्ने आशंका गरिएको छ ।

उक्त घटनाको छानबिन गर्न महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो । तर, काठमाडौं प्रहरी प्रमुख ज्ञवाली र अपराध महाशाखा प्रहरी प्रमुख सहकुल थापाबीच समन्वय अभावका कारण दोस्रो दिन मै समिति संयोजक फेरिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुनिलकुमार यादवलाई संयोजक बनाइयो । एसएसपी यादव नेतृत्वको समितिले मंगलबारको घटनाको अनुसन्धान अधिकृतको त्रुटि देखाएको छ ।

स्रोतका अनुसार अनुसन्धान अधिकृत डीएसपी रञ्जन दाहालले नक्कली घटनास्थल देखाएर गलत सूचना दिई अनुसन्धानमा गम्भीर लापरवाही गरेको देखिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७