सर्वोच्चले बनायो वरिष्ठ अधिवक्ताको यस्तो मापदण्ड


१६ श्रावण २०७७, शुक्रबार
sarbochha 1

काठमाडौं, १६ साउन । सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताका लागि पहिलोपटक मापदण्ड बनाएको छ । नयाँ व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता उपाधि लिन चाहने अधिवक्ताले १५ वर्ष वकालत गरेको र ५० वटा फैसलाको सूची सिफारिस समितिलाई बुझाउनुपर्नेछ ।

नेपाल कानुन व्यवसायी ऐन, २०५० को दफा २१ अनुसार मापदण्ड तयार गरिएको हो । उक्त बुँदामा वकालत अवधि उल्लेख नहुँदा विगतमा योग्य अधिवक्ताले पनि यो उपाधि प्राप्त गर्न सकेका थिएनन् ।

न्यायाधीशले वकालत अभ्यास नगरेकालाई पनि वरिष्ठ अधिवक्ताको उपाधि दिने गरेको आरोप लाग्दै आएको थियो । पारदर्शी ढंगबाट योग्यलाई मात्र उपाधि दिन मापदण्ड तयार गरिएको सर्वोच्चले जनाएको छ ।

‘अब वकालतमा निश्चित अवधि मात्र बिताएकाभन्दा पनि न्याय क्षेत्रमा विशिष्ट योगदान गर्नेले उपाधि पाउँछन् भन्ने आशा छ,’ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७