आज संक्रमण पुष्टि भएका २२४ जनामध्ये कुन जिल्लाका कति ?


१६ श्रावण २०७७, शुक्रबार
korona 1

काठमाडौं, १६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १९ हजार ७७१ जना पुगेको छ ।

शुक्रबार थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १४ हजार ३ सय ९९ जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ ।
कुन जिल्लाका कति ?
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १, कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका १२ र मोरङका १५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषा, बारा र सर्लाहीका १–१, नारायणी अस्पताल प्रयोगशाला वीरगञ्जमा बाराका २, पर्साका ४१ र रौतहटका १ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जोगश्वर गौतमले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बझाङका २५, कैलालीका १५, काठमाडौंका ८ र नुवाकोटका २, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बाराका १, काठमाडौंका ३, ललितपुर र रौतहटका २–२ जनामा कोरोना पाइएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा नवलपरासी पूर्वका २, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा मकवानपुरका १, धुलिखेल अस्पतालमा दार्चुलाका १६ र कञ्चनपुरका १८ जनामा कोरोना भेटिएको छ ।

पाटन अस्पताल ललितपुरमा ललितपुरका २ र सप्तरीका १, वीर अस्पताल काठमाडौंमा काठमाडौंका १, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका १८ र ललितपुरका १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका २, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशालामा कास्कीका १, म्याग्दीका २ र तनहुँका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका २ र रुपन्देहीका १ जनामा कोरोना भेटिएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा बाँके, दैलेख र दाङका १–१, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका २ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार दैलेख आरटी पिसिआर प्रयोगशालामा दैलेखका १, डडेल्धुरा अस्पताल प्रयोगशालामा बैतडीका १० र डोटीका ३ जनामा कोरोना पाइएको छ ।

कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ । कुल संक्रमितमध्ये हाल ५ हजार ३ सय १६ जना सक्रिय संक्रमित रहेका छन् । मुलुकभर हाल १२ हजार १ सय ११ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७