सनराइज बैंक र एटी सर्भिसेसबीच रेमिट्यान्स सेवा सम्वन्धी सम्झौता


१६ श्रावण २०७७, शुक्रबार
Sunrise logo

काठमाडौं, १६ साउन । सनराइज बैंक लिमिटेड र हङकङ स्थित एटी सर्भिसेसमार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौताअनुसार हङकङमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल हुने विश्वास लिइएको छ। यसरी एटी सर्भिसेसमार्फत पैसा पठाउँदा अधिक्तम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरिएको छ।

एटी सर्भिसेस मार्फत् हङकङबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सन्राइज बैंकका देशभर रहेका १३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १० हजार भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भक्तानी लिन सकिने बैंकले बताएको छ। साथै बैंक खातावालाको हकमा यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास

बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ। सनराइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७