मनोज पुनको मान्छे हुँ’ भन्दै सांसदलाई मार्ने धम्की, ४ जना पक्राउ


१८ माघ २०७४, बिहीबार
Manoj Pun

पोखरा, १८ माघ : ‘मनोज पुनको मान्छे हुँ’ भन्दै सांसद विन्दुकुमार थापालाई ज्यान मार्ने धम्की दिने ४ जनालाई प्रहरीले पक्रेको छ । कास्की क्षेत्र नम्बर २ (ख) काबाट निर्वाचित सांसद विन्दुकुमारलाई ज्यान मार्ने धम्की दिने स्याङ्जा टक्सारका नरबहादुर गुरुङ (शंकर) सहित अन्य ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।Manoj Pun

उद्योगी समेत रहेका विन्दुकुमारलाई २ करोड रुपैयाँ माग गर्दै विभिन्न नम्बरबाट फोन गरेर धम्क्याउँदै आएको बताइएको छ । सुरक्षा माग गर्दै एक महिनाअघि जिल्ला प्रहरी कार्यालयमा थापाले उजुरी दिएपछि उक्त धम्कीको कुरा सार्वजनिक भएको हो । पक्राउ परेका उनीहरुलाई अपहरण तथा शरीर बन्धक उद्योग अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको छ । आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७