थप ३१५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २० हजार नाघ्यो


१७ श्रावण २०७७, शनिबार
korona 5

काठमाडौं, १७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

२४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३१५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज (शनिबार) थप ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १४ हजार ४९२ जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७