कोरोनाबाट वीरगञ्जमा थप एक जनाको मृत्यु, एकको अवस्था गम्भिर

पर्सामा पछिल्लो १० दिनमा १० जनाको मृत्यु


१७ श्रावण २०७७, शनिबार
narayani hospita
dav

पर्सा, १७ साउन । कोरोना भाइरस संक्रमणका कारण पर्साको वीरगञ्जमा थप एक जनाको ज्यान गएको छ । नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज–१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृतकको संख्या १० पुगेको छ ।
बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान १०ः१२ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनको शुक्रबार राति पोजेटिभ रिपोर्ट आएको छ । शुक्रबार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिएका छन् ।

सुगरबाट ग्रसित महिलामा निमोनिया र हाईपर टेनसन समेत रहेको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिएका छन् । उनीसँगै संक्रमण पुष्टि भएकी नगवाकी ६० बर्षीया महिलाको अवस्था पनि गम्भिर छ । उनको बयोधा अस्पतालमै आईसीयूमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७