भक्तपुरका मिनीमार्टमा अनुगमन : न मूल्यसूची, नत उपभोग्य मिति


१७ श्रावण २०७७, शनिबार
pasal anugaman scaled

भक्तपुर, १७ साउन । भक्तपुर नगरपालिकाको अनुगमन समितिले जिल्लाका मिनीमार्टहरुको अनुगमन गरेको छ ।

अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा लकडाउन खुकुलोसँगै बजार भाउ महङ्गिएको र गुन्हीपुन्ही (गाईजात्रा) लाई लक्षित गरी क्वाटीसहित खाद्य पसल अनुगमन गरेको हो ।

अनुगमनका क्रममा मिनीमार्टले खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्र बिना नै जथाभावी लेवल लगाएको पाइएको छ । म्याद गुर्जेका खाद्य सामग्री बिक्रीका लागि राखेको पाइएपछि त्यस्ता सामग्री जफत गरी नष्ट गरेका उनले जानकारी दिए ।

साकोठास्थित भक्तपुर मिनीमार्ट, च्याम्हासिंमा रहेको नाइन स्टार सपिङ सेन्टर र नमस्ते किराना स्टोरमा गरिएको अनुगमनमा सबैले म्याद गुज्रेको सामान बिक्रीका लागि राखेको पाइएको छ । उनले खुद्रा विक्रेतामा दर्ता गरेर मिनीमार्टमा चलाएको र विभिन्न खाद्य सामग्री अत्यधिक मात्रामा म्याद नाघेको बिक्रीका लागि राखेको पाइएपछि त्यस्ता सामग्री जफत गरी नष्ट गरेको बताए ।

मिनीमार्टलाई पाकेजिङ सामान गेडागुडी, दाल, चिउरालगायतमा खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र बिना लेवल नराख्न निर्देशन दिएको र तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन तराजु जफत गरिएको छ भने कर्मचारीहरुमा एप्रोन, मास्क, पञ्जा, स्यानिटाइजरसहितको कोभिड–१९ बाट सुरक्षित रहन सुझाव दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७