२०७७ साउन १८ गते आइतबारको तपाईको राशिफल


१८ श्रावण २०७७, आईतवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कला, संगीतमा रुची बढ्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । ठीक समयमा सही निर्णय लिन सकिने छ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
राजनीतिक कार्यमा ख्याती कमाउने योग छ । सन्तान सुख मिल्ने छ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्ने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । रोकिएको धन हात पर्ला । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला । भूमिबाट लाभ रहने छ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । छोटो दूरीको लाभदायक यात्रा रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । सामाजिक कार्यमा सफलता मिल्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभकार्यको चर्चा चल्ने छ । रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोट पटकको भय छ सचेत रहनु होला । यात्रामा मालसामान हराउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाज सेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । बित्तीय संस्थाबाट सहयोग पाईने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । शिक्षामा सफलता मिल्ने छ । महत्वपूर्ण कामको थालनी हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । साथीभाइसँग समय बित्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउने छ । प्रेममा मनमुटाव आउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । आर्थिक कारोवारमा सफलता पाइएला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७