कोरोनाबारे छलफल गर्न डब्ल्युएचओको आपतकालीन बैठक, यस्तो निकाल्यो निष्कर्ष


१८ श्रावण २०७७, आईतवार
who director general scaled

काठमाडौं, १८ साउन । कोरोना भाइरसको संक्रमणलाई विश्व महामारी घोषणा गरेको ६ महिनापछि शुक्रबार विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) काे आपतकालीन कमिटीको बैठक सम्पन्न भएको छ ।

बैठकपछि डब्ल्युएचओका प्रमुख (महानिर्देशक) डा. टेड्रोस एडहानम गेब्रियससले अहिलेसम्म कोरोना संक्रमण विश्व महामारीकै रूपमा रहेको बताएका छन् ।

डब्ल्युएचओले गत वर्ष जनवरी ३० तारिखमा कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेको थियो । यसपछि विश्वमा जुन स्थिति सिर्जना भएको छ, त्यसको आंकलन गर्न डब्ल्युएचओको आपतकालीन कमिटीको बैठक बसेको हो ।

बैठकले अहिले पनि यो विश्वव्यापी महामारी नै रहेको निष्कर्ष निकालेको छ । डब्ल्युएचओका प्रमुख डा. टेड्रोसले भने, ‘धेरै देशमा कोरोना भाइरसको संक्रमण भयावह बनिरहेको छ । जहाँ संक्रमणको दोस्रो लहर देखिन थालेको छ । साताको शुरुमा जहाँ संक्रमण कम देखिएको थियो, त्यहाँ अहिले रोग तीव्र गतिमा फैलिरहेको छ ।’

तीन महिनापछि डब्ल्युएचओको पुनः आपतकालनी कमिटीको बैठक बस्ने र कोरोनाको स्थिति समीक्षा गर्ने तय भएको बीबीसीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७