ट्राफिक प्रहरीमा कोरोना संक्रमण : एसएसपी ढकालसहित ३७५ जना क्वारेन्टिनमा

रामशाह पथस्थित बग्गीखाना ‘शिल’


१८ श्रावण २०७७, आईतवार
Baggi khana scaled

काठमाडौं, १८ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ । आफूसहित ३७५ जना व्यारेक–व्यारेकमा रहेको जानकारी दिंदै महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले भने, ‘अहिले महाशाखामा पूर्ण लकडाउन गरिएको छ ।’

उनले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको जानकारी दिए । आफूले अरुसँग भेटघाट बन्द गरेको उनले बताए ।

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति एक हजार ५४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि एक हजार १७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७