मालपोतका ‘डन’हरु प्रदेशमा खटाइए


१८ माघ २०७४, बिहीबार
saruwa badar

काठमाडौं,१८ माघ : सामान्य प्रशासन मन्त्रालयले लामो समय काठमाडौं उपत्यकाका मालपोत कार्यालयमा कार्यरत उपसचिवहरुलाई विभिन्न प्रदेशमा सरुवा गरेको छ । saruwa badarसामान्यले प्रदेशमा खटाए्पछि उपत्यकाका मालपोतमा दसौं वर्ष काम गरेका र सरकारी जग्गा समेत दर्ता गरी अकूत सम्पत्ति आर्जन गरेका उपसचिवहरु सरुवा बदर गराउन शक्तिकेन्द्र धाउन थालेका छन् ।

guruprasad regmi
गुरू प्रसाद रेग्मी ।

घुस खुवाउनेदेखि आधिकारिक ट्रेड युनियनका नेताहरु प्रयोग गरी सरुवा बदर गराउन मालपोतका करोडपति डनहरुले दौडधूप गर्दै आएका छन् । सामान्यले डिल्लीबजार मालपोत कार्यालयका पद्मनिधि सोती, काठमाडौंकै टोखा मालपोत कार्यालयका प्रमुख चण्डी कोइराला, ललितपुर मालपोतका घनश्याम उपाध्यायको सरुवा गरेको छ । सोती र कोइराला ५ नम्बरमा, घनश्याम उपाध्याय ३ नम्बरमा सरुवा भएका छन् ।

कोइराला र उपाध्याय रमाना बुझेर सरुवा भएको ठाउँमा जाने तयारीमा छन् । तर सोतीले अझै रमाना बुझेका छैनन् । सोतीले २०७४ असोजमा भएको सरुवामा तत्कालीन सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत(समरसिंह) र मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई ठूलो रकम घुस बुझाएर थमौती भएका थिए । ३ महिनामै पुनः सामान्यले प्रदेशमा सरुवा गरेपछि उनी तनावमा परेको बताइन्छ ।

padma nidi soti
पद्मनिधी साेति ।

सोतीमाथि ललितपुर मालपोतको प्रमुख हुँदा सरकारी जग्गा गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत र विशेषबाट हारेपछि सर्वोच्चमा मुद्दा दायर गरेको थियो । ललितपुरका घनश्याम उपाध्यायको पनि असोजमा सरुवा भएको थियो । उनले पनि तत्कालीन मन्त्री बस्नेत र सचिव सापकोटालाई घुस दिएरै सरुवा बदर गराएका थिए । तर तीन महिनामै उनको पनि पुनः सरुवा भएको छ ।

chandi koirala
चण्डी कोइराला ।

त्यस्तै सधैं मालपोत कार्यालयमा बसी सरकारी जग्गा समेत दर्ता गरेर अकूत सम्पत्ति आर्जन गरेका भूमिसुधार तथा ब्यवस्था विभागमा कार्यरत गुरुप्रसाद रेग्मी र शाखा अधिकृत बद्री ढकाल पनि सरुवा भएका छन् । उपसचिव रेग्मी र शाखा अधिकृत ढकाल सरुवा रोक्न भगिरथ प्रयत्नमा लागेका छन् ।

उपसचिव रेग्मी कांग्रेस निकट आधिकारिक ट्रेड युनियनका नेताहरु प्रयोग गरिरहेका छन् भने शाखा अधिकृत ढकाल एमाले निकट ट्रेड युनियनका नेताहरुलाई आर्थिक प्रलोभन नै दिएर लागेका छन् । ढकाल त आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल र निजामती कर्मचारी संगठनका उपाध्यक्ष लेखनाथ कोइरालालाई प्रभावित पारी सरुवा बदर गराउन दैनिकजसो सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख बलराम रिज्यालकोमा धाइरहेका छन् ।

गुरु रेग्मी सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाकोमा आधिकारिक ट्रेड युनियनका नेता बोकेर सरुवा गर्नका लागि धाइरहेका छन् । सरुवा भएका उपसचिव र शाखा अधिकृतहरु पूँजीगत लाभकर छली गरी अकूत सम्पत्ति आर्जन गर्नेहरु हुन् ।

त्यस्तै भूमिसुधार विभागका अर्का उपसचिव समरंसिह ठकुरी २ नम्बरमा प्रदेशमा सरुवा भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७