ओली–प्रचण्डबीचको तीन घण्टा लामो छलफल सकियो


१८ श्रावण २०७७, आईतवार
nekapa 1536x804 1

काठमाडौं, १८ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूबीचको तीन घण्टा लामो छलफल सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा के–के विषयमा कुराकानी भयो भन्नेबारे भने नेताहरुले खुलाइसकेका छैनन् । यद्यपी आजको छलफल सकारात्मक रहेको शीर्ष नेता निकट स्रोतले जानकारी दिएको छ ।

आजको बैठकमा ओली प्रचण्ड बाहेक अर्का नेता झलनाथ खनाललाई पनि सहभागी भएका थिए । त्यस्तै नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि आजको छलफलमा सहभागी थिए ।

गएको मंगलबार तय भएको स्थायी कमिटी बैठक ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गरेका थिए । ओलीले एकतर्फ रुपमा स्थायी कमिटी वैठक रोक्नु गलत भएको निष्कर्ष निकालेको उक्त वैठकपछि दुई अध्यक्षबीच संवादहिनताको अवस्था थियो ।

ओली र प्रचण्डबीच संवाद गराउन बिहीबारदेखि महसचिव विष्णु पौडेल र शंकर पोखरेल सक्रिय थिए । शनिबार साँझ पनि ओलीको सन्देश लिएर पौडेल प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

यता निष्कर्षसहितको वैठकका लागि प्रचण्डले ओलीलाई सन्देश पठाएका थिए । लामो समयदेखि जारी नेकपाभित्रको विवाद हल नहुँदा कार्यकर्तामा निरासा पैदा भएको छ । यस्तै पार्टी र सरकार सञ्चालनमा समेत व्यवधान पैदा भइरहेको छ ।

ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छाड्नु पर्ने प्रचण्डको अडान र ओलीको दुबै पद नछोड्ने बरु जस्तोसुकै परिस्थिति सामना गर्न तयार रहने अड्डीका कारण विवाद निष्कर्षतिर जान सकेको छैन । पटक–पटकको छलफल निष्कर्षविहीन बन्दा पार्टी फुटको नजिक पुगे पनि हालसम्म दोस्रो पुस्ताका नेताको खबरदारीका कारण शीर्ष नेता विभाजनको बाटोमा भने अघि बढेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७