उदयपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, १० बढी घाइते

नगरपालिकामा भ्रष्टाचार भएको भन्दै कांग्रेस, जनता समाजवादी र राप्रपाको विरोध


१८ श्रावण २०७७, आईतवार
belaka

उदयपुर, १८ साउन । उदयपुरको बेलका नगरपालिकामा भ्रष्टाचार भएको भनी छानबिनको माग गर्दै विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुबै पक्षका गरी १० जना भन्दा धेरै घाइते भएको स्थानीयले जानकारी दिएका छन् । नगरपालिकामा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै आइतबार नगरपालिकाको कार्यालय रहेको रामपुरमा नेपाली कांग्रेस, जनता समाजवादी र राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीलाई नगरपालिकातर्फ जान रोक्ने क्रममा प्रहरीसँग झडप भएको थियो । इलाका झडपमा प्रहरी जवान राजकुमार बुढाथोकी र प्रदर्शनकारी १० जन बढी घाइते भएको प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नवीनकुमार सिंहले जानकारी दिएका छन् ।

घाइतेहरुको इलाका स्वास्थ्य चौकी रामपुरमा उपचार भइरहेको छ । केही दिनअघि नगरपालिकाकी उपमेयर राजुकमारी चौधरीले नगर प्रमुख दुर्गाकुमार थापाकै मिलेमतोमा भ्रष्टाचार भएको भन्दै राजीनामा घोषणा गरेकी थिइन् ।

पछि नेकपाका बैठकले राजीनामा फिर्ता लिन निर्देशन दिएपछि उपमेयरले आफूबाट गल्ती भएको भन्दै आत्मालोचना गरेकी थिइन् । तर नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायतले भ्रष्टाचार छानबिनको माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

विपक्षी दल सडकमा आएपछि नेकपाले पनि मेयरको पक्षमा कार्यकर्ता सडकमा उतारेको छ । दुबै पक्ष प्रदर्शनमा उत्रिएकाले झडप हुने सम्भावना अझै रहेको भन्दै ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७