बैंक अफ काठमाण्डूको कर्मचारी संघद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख ५१ हजार सहयोग


१८ श्रावण २०७७, आईतवार
file

काठमाडौं, १८ साउन । बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख ५१ हजार सहयोग हस्तान्तरण गरेको छ ।

कोरोना महामारी नियन्त्रणका लागि पिपिइलगायतका स्वास्थ्य सामग्री उत्पादन गर्दै आएको केन्द्रको काममा थप प्रोत्साहन गर्न संघले आर्थिक सहयोग उपलबध गराएको हो ।

आविष्कारको क्षेत्रमा ठूलो योगदान गर्दै सामाजिक कार्यमा सक्रिय डा. महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको नेत्तृव गर्दै आईरहेका छन् । बैंकको कर्मचारी संघका अध्यक्ष अरुण श्रेष्ठले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनलाई एक समारोहका बीच सहयोग हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय आविष्कार केन्द्रद्वारा उत्पादित व्यक्तिगत सुरक्षा उपकरण उत्पादनमा सहयोग पुग्ने विश्वासका साथ सहयोग गरिएको बताउँदै बैंकको कर्मचारी संघका प्रमुख श्रेष्ठले भने, ‘हामीले शुरु गरेको कामले अन्य बैंक तथा वितीय संस्थालाई पनि प्रेरणा पुगोु् भन्ने हाम्रो चाहना हो ।’
बैंकको कर्मचारी संघले विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्यमा समेत यस्ता विभिन्न रचनात्मक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७