सहुलियतपूर्ण कर्जाका लागि कामना सेवा विकास बैंक र अल पसल पब्लिक बीच व्यावसायिक समझदारी


१८ श्रावण २०७७, आईतवार
agreement pic KxvrBHy3Pd 1

काठमाडौं, १८ साउन । कामना सेवा विकास बैंक र अल पसल पब्लिक बीच आर्थिक अभिमुखीकरण तथा स्वरोजगारमूलक व्यवसायको विकास तथा प्रवर्धन गर्ने उद्देश्यका साथ सहुलियतपूर्ण कर्जाको माध्यमबाट लक्षित वर्गको आयआर्जन वृद्धिका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अल पसल पब्लिकका अध्यक्ष झविन्द्र पन्थीले हस्ताक्षर गरेका छन् ।

यस समझदारीअन्तर्गत बैंकले नेपाल राष्ट्र बैकद्वारा तोकिएको मापदण्डको अधीनमा रहि अल पसल पब्लिकमा आबद्ध व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरी उनीहरुको आर्थिक तथा समाजिक विकासमा टेवा पु¥याउने प्रमुख लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७