२०७७ साउन १९ गते सोमबारको तपाईको राशिफल


१९ श्रावण २०७७, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथीको आगमन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा खर्च बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महत्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योगछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । नियमित खर्च समेत बढ्ने योग छ । सहकर्मीबाट विरोध आउला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शुभारम्भको चर्चा चल्ने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । आँको काम पुरा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
घरमा अतिथीको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउने छन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईले सङ्कल्पसिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज धार्मिक क्षेत्रको भ्रमण हुनेछ । आफन्तसँग भेटघाट हुनेछ । साँझमा आधुरा काम बन्न सक्छ, तर नियमित खर्च समेत बढ्ने योग पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७