बार्गेनिङ नमिलेपछि जुवा अखडामा छापा


१८ माघ २०७४, बिहीबार
chhapa juwa

सुर्खेत, १८ माघ : जुवा खेल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार ६ जना जुवाडेलाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका ६ गणेशचौकबाट प्रहरीले जुवाडेहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठको कमाण्डमा गएको टोलीले वीरेन्द्रनगर ६ स्थित भरतबहादुर क्षेत्रीको घरमा जुवाको खालवाट नगद ६ लाख ४९ हजार ५ सय ६० रुपैयाँ, चेक २६ लाख ६५ हजार, आईएमईबाट झिकिएको २१ लाखको रसिद सहित ६ जनालाई पक्राउ गरेको थियो ।

जुवाखालबाट भरतबहादुर क्षेत्री, टिका वली, ज्ञानेन्द्र विश्वकर्मा, दुर्गाप्रसाद सापकोटा र ज्ञानेन्द्र नेपाली जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेको देउतीखबर डटकमले जनाएको छ । उनीहरु प्रायः निर्माण ब्यवसाय लगायतका ब्यवसायसँग सम्बन्धित ब्यक्ति रहेको स्रोतले बताएको छ ।chhapa money 1 जुवाखालबाट बरामद भएका आइएमईका रसिद, नगद र तासबुक । तस्बिर : देउतीखबर डटकमchhapa money 2

यसरी जुवा खेल्दै गरेको सूचना केही समयअघि पाएपछि सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले घुस बार्गेनिङ गरेको र उनको मागअनुसार नदिएपछि जुवा अखाडामा छापा मारिएको स्रोतले बताएको छ ।

चतुर्वेदीले प्रदेश प्रमुख एआइजी रणबहादुर चन्दलाई समेत बुझाउनुपर्छ भनेर ठूलै रकम मोलमोलाई गरेको तर उनीहरुले कहिलेकाहीँ मात्र खेल्ने भएकाले थोरैमात्र दिने भनेपछि छापा मारेको स्रोतले बताएको छ ।

एसपी चतुर्वेदीलाई नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूसहित पार्टीका उम्मेदवारलाई जिताउनका लागि चुनावअघि सुर्खेतमा सरुवा गरेका थिए । तर वाम गठबन्धन भएकाले चतुर्वेदीले जतिसुकै प्रयास गरे पनि कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा गरी ६ वटै सीटमा पराजित हुनुपरेको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७