पर्सामा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना संक्रमण

संक्रमित हुनेमा १० वर्षकी बालिकादेखि ६७ वर्षकी वृद्ध महिलासम्म


१९ श्रावण २०७७, सोमबार
narayani 1

पर्सा, १९ साउन । कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बनेको पर्सामा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ६१ जना पुरूष र १२ जना महिला रहेका नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् । संक्रमित हुनेमा १० वर्षकी बालिकादेखि ६७ वर्षकी वृद्ध महिला समेत रहेका छन् ।

आइतबार राति संक्रमण पुष्टि भएका ७३ मा मास ट्रेसिङ, एक घर एक परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङमा परेका रहेका छन् । मास ट्रेसिङमा पिसिआर जाँच गराएका २६ जना, एक घर एक परीक्षण जाँच गराएका ७ जना र कन्ट्रयाक्ट ट्रेसिङमा परेका २५ जना रहेको मेसु उपाध्यायले जानकारी दिएका छन् ।

यस्तै नेपाल प्रहरीका दुई जना, नेपाली सेनाका एक जना, पर्साका पत्रकार एक जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका पाँच जना, बारा जिल्लाका पाँच जना र एक भारतीय नागरिक रहेको मेसु उपाध्यायले जानकारी दिएका छन् ।

साउन ८ गते देखि १७ गते सम्म स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिएका छन् । पर्सामा कोरोना संक्रमितको संख्या ५८० जना पुगेको नारायणी अस्पतालका डा. सिंहले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७