कोशी अस्पतालमा भर्ना भएकै दिन एक संक्रमितको मृत्यु


१९ श्रावण २०७७, सोमबार
korona death

मोरङ, १९ साउन । मोरङको विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर–५ का ७७ वर्षीय पुरुषको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको हो । श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि उनी आज (सोमबार) बिहान १० बजे अस्पतालमा भर्ना भएका थिए । अस्पताल प्रशासनका अनुसार स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको छ ।

रिपोर्ट आइसक्दा बिरामीको समेत मृत्यु भएको कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिएका छन् । बिरामीको शरीरमा अक्सिनको मात्रा समेत घट्दो अवस्थामा पुगेर समस्या देखिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७