वीर बहादुर राई सचिवमा बढुवा


१९ श्रावण २०७७, सोमबार
bir bahadur Rai

काठमाडौं, १९ साउन। सरकारले सहसचिव वीर बहादुर राईलाई सचिव(विशिष्ट श्रेणी)मा बढुवा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। राई सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा कार्यरत छन्।
उमेर हदका कारण राईको यही भदौ १५ गते अनिवार्य अवकाश हुन लागेको छ।

बढुवा सिफारिस समितिले केही दिनअघि वरिष्ठ सहसचिवहरू चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र राई गरी तीन जनाको नाम सचिवका लागि सिफारिस गरेको थियो ।

श्रेष्ठले केही दिनअघि भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि दोस्रोपटक सचिवका लागि उनको नाम सिफारिस भएको हो । सञ्चार मन्त्रालयमा कार्यरत सहसचिव दुवाडीको नाम भने समितिले पाँचौ पटक सिफारिस गरेको हो ।

सोमबारकै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको सिइओमा सुशील भट्टलाई नियुक्त गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७