ज्योति मगरको स्टेज पर्फम : गाएर कि, देखाएर हिट !


१८ माघ २०७४, बिहीबार
jyoti magar

काठमाण्डौं, १८ माघ : नेपाली गति संगीतका क्षेत्रमा वर्षौ साधन गरेका गायिक–गायिकाहरु ‘गुमनाम’ छन् । नेपाली गीत–संगीतको श्रीवृद्धिका लागि सिङ्गै जीवन अर्पेका उनीहरुका गीत धेरै स्रोताहरुको कानसम्म पुग्न पाएका छैनन् । जसका कारण उनीहरुको केहि गीत चले पनि स्वयम् उनीहरु चाहीं चल्दैनन् । वास्तवमै भन्ने हो भने अहिले नेपाली कलाकारहरुको प्रस्तुती शैली र स्रोता–दर्शकको स्वाद पनि फरक भइरहेको अनुभव पछिल्ला समय चलेका केहि गीतहरु र गायक–गायिकाका उताउला गीतहरु नै बढी चलिरहेका देखिन्छन् ।jyoti magar

भिडियोमा छोटा कपडा लगाएर कम्मर मर्काउने ज्योति मगर सँधैजसो चर्चा र विवादको केन्द्रमा रहन्छिन् । सामाजिक सञ्जालदेखि चिया पसलसम्म ज्योतिका बारेमा नानाथरी टिप्पणी सुनिन्छन् । दुई साताको बीचमा युट्युबमा गीत १० लाख पटक हेरिसकिएको छ, जसले सुपरहिट भएको प्रमाणित गर्छ तर ज्योति भने चौतर्फी आलोचनाको शिकार भएकी छन् ।

आलोचना कुन हदसम्म भएको छ भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले शब्द र भिडियो अत्यधिक अश्लील र नेपाली समाजमा अपाच्य भएको ठहर नै गरेको छ । हरेक पटक गीत सार्वजनिक गर्दा ज्योतिको बारेमा चर्चा हुने गर्छ । अर्थात उनले ‘स्क्यान्डल’ को सामना गर्नुपरेको छ । ‘ढाडे बिरालो’ गीतको भिडियोसम्म आइपुग्दा उनलाई ‘गाएरभन्दा देखाएर’ हिट भएको आरोप लागिसकेको छ ।jty

ज्योतिलाई आरोप लगाउनेहरुको भिड एकातिर देखिन्छ भने, ज्योतिको दुःखेसो अर्को छ । उनी भन्ने गर्छिन्–‘हुँदै नभएका स्क्यान्डल पनि मेरै बदनाम गर्न रचिन्छन्् ।’ आलोचना र विवाद जे भए पनि सर्वस्वीकार्य यथार्थ के हो भने ज्योति रङ्ग दुनियाँमा ‘हटकेक’ हुन् । देश–विदेशमा आयोजना गरिने स्टेज शोमा उनको माग बढ्नुले यहि पुष्टि हुन्छ । ज्योतिको हरेक गीतले युट्युबमा कम्तीमा पाँच लाख भ्युअर्स पाएका छन् । छोटा लुगा र कामुक हाउभाउ उनको पहिचान बनिसकेको छ । पछिल्लो समय दाङमा आयोजित कार्यक्रममा ज्योतिको प्रस्तुती हेरेर भद्र स्रोता–दर्शकले निकै आलोचना गरे । उनीहरुले गाएर भन्दा देखाएर ज्योति हिट हुन खोजेका आरोप लगाउन भ्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७