पूर्वबाट ठूलो पानी पार्ने प्रणाली प्रवेश : रातिदेखि भारी वर्षाको सम्भावना


२० श्रावण २०७७, मंगलवार
raining

काठमाडौं, २० साउन । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालको मौसम प्रणालीमा परेको छ । सोही प्रणालीको प्रभावका कारण आज (मंगलबार) राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले जानकारी दिएका छन् ।

आज राति देशभरीको मौसम सामान्य बदली भई प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशका थेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अरु ठाउँमा पनि हल्कादेखि मध्य खालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिएकी छिन् । राति पूर्वबाट ठूलो पानी पार्ने प्रणाली प्रवेश गरेर पश्चिम सर्ने क्रममा भोलि प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिइन् ।

आज दिउँसो भने देशभरको मौसम सामान्य बदली भई देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने उनले बताएकी छिन् । अहिले भने धेरै ठाउँमा पारिलो घाम लागेको छ । केही ठाउँको मौसम बदली भएको छ ।

बिहान ६ बजे महाशाखाले जारी गरेको आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छ – ‘सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश–५ र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश–१, प्रदेश–२ र बागमती प्रदेशका थेरै स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले उक्त स्थानमा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७