लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना

तिलोत्तमा र स्याङ्जाका पुरुषमा पनि कोरोना


२० श्रावण २०७७, मंगलवार
lumbini aspatal 990x557 scaled 1

बुटवल, २० साउन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएर उपचार गराइरहेका एक बिरामीमा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

प्रादेशिक अस्पतालको प्रयोगशालामै भएको परीक्षणमा अस्पतालमा उपचाररत कपिलवस्तुका एक पुरुषमा कोरोना संक्रमण भेटिएको हो । कपिलवस्तुका संक्रमित आइतबार अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर सोमबार साधारण बेडमा सरेका थिए ।

निमोनियाको उपचार गर्न आएका २२ वर्षीय ती पुरुषको रिपोर्ट पोजेटिभ आएपछि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई क्वारेन्टिनमा पठाइसकिएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

तिलोत्तमा र स्याङ्जाका पुरुषमा पनि कोरोना
प्रादेशिक अस्पतालको प्रयोगशालामै भएको परीक्षणमा रुपन्देहीको तिलोत्तमा र स्याङ्जाका एक–एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाका संक्रमित विदेशबाट आएका हुन् । उनी पनि आफैं पीसीआर परीक्षण गराउन आएका थिए । संक्रमितहरु सबैलाई आइसोलेसनमा राखेर उपचार थालिएको डा. गौतमले बताएका छन् ।

यसै गरी तिलोत्तमाका संक्रमित कपिलवस्तुमा औषधि लिएर गएको समयमा मेडिकलका सञ्चालकका छोरीहरुमा कोरोना संक्रमण भएको थाहा पाएपछि आफ्नो पीसीआर परीक्षण गराउन अस्पताल आएका थिए ।

तीन जनामा कोरोना संक्रमण पुष्टि भए लगत्तै सबै निकायहरुमा जानकारी गराएर कन्ट्याक्ट ट्रेसिङको काम अघि बढिसकेको अस्पतालका सूचना अधिकारी डा. गौतमले बताए । अस्पताललाई सेनिटाइज्ड गरेर सबै सेवा शुरु गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७