चितवनमा होम क्वारेन्टिनमा बसेका युवकको अचानक मृत्यु


२० श्रावण २०७७, मंगलवार
korona death

चितवन, २० साउन । पूर्वी चितवनको खैरहनीमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको अचानक मृत्यु भएको छ । खैरहनी नगरपालिका–६ स्थित एक बोरा उद्योगमा काम गर्ने ३५ वर्षका एक पुरुषको गए राति मृत्यु भएको हो ।

बाराबाट १३ दिनअघि चितवन आएका ती पुरुषले साथीहरुलाई एक्कासी छाती दुखेको भनेको र त्यसपछि ढल्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक कलैया नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

उनको शव के गर्ने भन्ने विषयमा स्वास्थ्यकर्मीहरुसँग छलफल भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले बताएका छन् । मृतक पुरुषको स्वाब संकलन गरी पीसीआर बिधिबाट कोरोना टेष्टको तयारी गरिएको छ ।

मृत्यु भएका पुरुष खैरहनी–६ पुरानो पर्सामा रहेको केसी बोरा उद्योगमा काम गर्ने मजदुर रहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख ऋषिराम घर्तीमगरले जानकारी दिएका छन् ।
उनीसँगै बाराबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका अन्य पाँच जनामा हालसम्म कुनै समस्या देखिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७