अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण


२० श्रावण २०७७, मंगलवार

काठमाडौं, २० साउन । लकडाउन अन्त्य भएसँगै तीब्र बन्न थालेको कोरोना भाइरस संक्रमणबाट सर्वसाधरण नागरिक मात्र नभई उच्च पदस्थ व्यक्तिहरु समेत प्रभावित हुने क्रम बढेको छ ।

देशका विभिन्न जिल्लामा समुदायस्तरमा संक्रमण फैलिइसकेको अनुमान चलिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा समेत कोरोना भाइरस संक्रमण देखिएको छ ।

आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार स्रोतले जानकारी दिएको । संक्रमितमध्ये अधिकांश प्रहरी छन् ।

अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । थप संक्रमितको कन्याक ट्रेसिङ शुरु गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय कोरोना डाक्टर, नर्स, प्रहरी, सेना, जनप्रतिनिधिमा समेत कोरोना संक्रमण फेला पर्न थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७