राजश्व अनुसन्धान प्रमुख आठ लाख ९८ हजार घुससहित पक्राउ


२० श्रावण २०७७, मंगलवार

बुटवल, २० साउन । राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय राना आठ लाख ९८ हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले बुटवल नयाँगाउँस्थित कार्यालयमा कार्यरत उनलाई घुस रकम लेनदेन गर्दैगर्दा पक्राउ गरिएको अख्तियार कार्यालय बुटवलका प्रमुख डा. भीष्मप्रसाद भुसालले जानकारी दिएका छन् ।

टोली फिल्डै रहेको र केहि घण्टाभित्रै घटनाको सबै विवरण सार्वजनिक गरिने भुसालले बताएका छन् । अख्तियारले सोमबार मात्रै बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई पनि ८ लाख ९८ हजार घुस रकमसहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७