आफ्नै शरीरमा आगो लगाउने क्वारेन्टिनका सुरक्षा गार्डको गयो ज्यान


२० श्रावण २०७७, मंगलवार
agalagi fireing आगालागी 234545

रौतहट, २० साउन । रुपन्देहीको क्वारेन्टिनमा खटिएका एक सुरक्षा गार्डले आफैले शरीरमा आगो लगाउँदा ज्यान गएको छ । देवदह नगरपालिका–५ मितेरी टोलका २४ वर्षीय विपिन बस्यालयले आफ्नै शरीरमा आगो लगाउँदा उनको जलेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार वडा नम्बर ७ शीतल नगरको क्वारेन्टिनमा खटिएका सुरक्षा गार्ड बस्यालले बिहान ४ बजेतिर आफ्नो शरीरमा मट्टितेल खन्याएर आगो लगाएको अवस्थामा भेटिएका थिए ।

स्थानीय देवदह मेडिकल कलेजमा उपचार हुन नसकेपछि पाल्पा लैजाँदै गर्दा उनको बुटवलमा ज्यान गएको हो । उनी मानसिक रोगका बिरामी भएको बताइएको छ । आगो लगाउनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७