स्वाब संकलनका लागि काठमाडौंमा तोकियो यी १४ अस्पताल


२० श्रावण २०७७, मंगलवार
korona 2

काठमाडौं, २० साउन । कोरोना परीक्षणका लागि काठमाडौंका १४ वटा अस्पतालमा स्वाव संकलन केन्द्र तोकिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (मंगलबार) एक सूचना प्रकाशित गरी उपत्यकाका १४ वटा अस्पतालमा स्वाव संकलन भइरहेको जानकारी दिंदै शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्ति तथा जोखिमयुक्त स्थानबाट आएका व्यक्तिहरुले नजिकको स्वाव संकलन केन्द्रमा गइ परीक्षण गराउन आग्रह गरेको छ ।

तोकिएका अस्पतालहरुमा पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल, केएमसी, त्रिवि शिक्षण, वीर, टेकु, सशस्त्र प्रहरी अस्पताल छन् । यस्तै, वीरेन्द्र अस्पताल, प्रसुती, स्टार, ह्याम्स, नेपाल प्रहरी र नेपाल कोरिया मैत्री अस्पतालले स्वाव संकलन गरिरहेका छन् ।

मन्त्रालयले यीलगायत सम्पूर्ण हव अस्पतालहरु, कोभिड क्लिनिक अस्पतालहरु, कोभिड अस्पताल लेभल १, २ र ३ अस्पतालहरु तोकिएको जानकारी गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपतयकामा समेत कोरोना संक्रमणको जोखिम बढेको भन्दै, जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न, भीडभाड नगर्न तथा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अपिल गरेको छ । मन्त्रालयले १२ वर्षमुनिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७