भारत–चीन विवाद फेरि चर्किने चिन्ता : चीनद्वारा सीमामा १७ हजार सेना तैनाथ


२० श्रावण २०७७, मंगलवार
ladakh

काठमाडौं, २० साउन । भारत र चीनबीचको सीमा विवाद साम्य नहुने संकेत देखिन थालेको छ ।
भारत र चीनका कमाण्डरबीच आइतबार भएको पाँचौ चरणको वार्तामा चिनियाँ पक्ष विवादित क्षेत्र पाङगोङ सो ताल र गोग्राबाट पछाडि हट्न मानेका थिएनन् ।

यतिबेला चीनले लद्दाख नजिकको सीमा क्षेत्रमा १७ हजार सेना तैनाथ गरेर राखेको खबर आएको छ । चीनले गत जुन १५ मा भारतीय सेनासँग झडप हुन अगावैदेखि उक्त क्षेत्रमा अत्याधुनिक हतियारहरु तैनाथ गरेको थियो । फेरि भारत–चीनबीचको सीमा तनाव चर्किने चिन्ता बढेको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार चिनियाँ सेनाले सीमा क्षेत्रमा १७ हजार सेना तैनाथ गरेर राखेको छ भने भारतले पनि टी–९० ट्यांक सो क्षेत्रमा तैनाथ गरेको छ ।

केही दिन अगाडि मात्र लद्दाख नजिकका सीमा क्षेत्रमा थप ३५ हजार भारतीय सेना तैनाथ गर्ने खबरहरु भारतीय संचार माध्यमले प्रकाशित गरेका थिए । हाल दुवै देशबीच जारी वार्ताले कुनै निकास दिन नसक्दा भारत र चीनबीचको विवाद साम्य नबन्ने खतरा बढेर गएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७