बालुवाटारमा ओली–प्रचण्ड छलफल शुरु, खनाल र नेम्वाङ पनि सहभागी


२० श्रावण २०७७, मंगलवार
kp oli prachanda

काठमाडौं, २० साउन । पार्टीभित्रको विवादबारे प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच वार्ता शुरु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आजको छलफलमा नेकपाका नेता झलनाथ खनाल र सुवास नेम्वाङ पनि सहभागी छन् ।

साउन १३ गते बसेको स्थायी कमिटी बैठकपछि दुई नेताबीच तिक्तता बढेको छ । ओलीले स्थगित गरेको बैठक दाहालले सुचालु गराएपछि नेकपाभित्र देखिएको विवाद झनै बल्झिएको थियो । आजको वैठकअघि अध्यक्ष प्रचण्डले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई उनकै निवास भैंसेपाटी पुगेर ४० मिनट कुराकानी गरेका थिए ।

प्रचण्डले अध्यक्ष ओलीले दुईमध्ये एक पद त्याग्नु पर्ने बताउँदै आएका छन् भने ओली दुवै पदबाट राजीनामा नदिने अडानमा छन् । जसका कारण एक महिनादेखि जारी पार्टी विवाद हल हुने विन्दु नै फेला परेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७