जम्मु–कश्मीरसहितको भूभाग समेटेर पाकिस्तानले सार्वजनिक गर्‍यो नयाँ राजनीतिक नक्सा


२१ श्रावण २०७७, बुधबार
pakishtan new map

काठमाडाैं, २० साउन (एजेन्सी)। पाकिस्तानले मंगलबार देशको नयाँ राजनीतिक नक्सा जारी गरेको छ। नक्सामा भारत प्रशासित जम्मु–कश्मीर र गुजरातको जुनागढसमेत समटेर पाकिस्तान सरकारको मन्त्रिपरिषद बैठकले आज उक्त नक्सालाई पारित गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। बैठकमा खानले मुस्लिम बहुल क्षेत्रको पछिल्लो स्थितिका बारेमा समेत जानकारी गराएका थिए ।

पाकिस्तानी सञ्चार माध्यम डनले पाकिस्तानी विदेशमन्त्री शाह महुमद कुरेशीको हवला दिँदै पाकिस्तानले पहिलो पटक पुरै कश्मीर र जुनागढसमेत समेटेर नयाँ नक्सा जारी गरेको उल्लेख गरेको छ।

क्याबिनेटबाट नक्सा पारित भएपछि देशबासीका नाममा एक टेलिभिजन सम्बोधन गर्दै प्रधानमन्त्री खानले भने, ‘आज इतिहासको सबैभन्दा महत्वपूर्ण दिन हो । हामीले पाकिस्तानको नयाँ राजनीतिक नक्सा विश्वसामु प्रस्तुत गरेका छौं ।’

उनले अगाडि भने, ‘मन्त्रिपरिषद्ले नयाँ नक्सालाई स्वीकृति दिएको छ । कश्मीरी र राष्ट्रिय नेतृत्वबाट पनि यसमा समर्थन प्राप्त गरेको छ । नयाँ नक्शा अब स्कूल र कलेजमा पनि प्रयोग हुनेछ ।

उनले अवैध रुपमा भारतले कश्मीर आफ्नो नक्सामा समेटेको समेत दावी गरे ।

प्रधानमन्त्री खानले अबदेखि पाकिस्तानका सरकारी कार्यालय, विद्यालय र अन्तर्राष्ट्रिय क्षेत्रमा यही नक्सा प्रयोग गरिने बताए। भारतले सन् २०१९ अगस्ट ५ मा भारत शासित जम्मु-कश्मीरको प्रदेशको मान्यता खोसेर केन्द्र शासित क्षेत्र बनाएको थियो।

पाकिस्तानी प्रधानमन्त्री खानले भारतको उक्त कदम अस्वीकार्य भएको उल्लेख गर्दै कश्मीरको मुद्दा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको संकल्प प्रस्ताव अनुसार सुल्झाउनु पर्ने बताएका छन्।

‘संसारले दिएको आत्मनिर्णयको अधिकार उनीहरूलाई अहिले पनि प्रयोग गर्न दिइएको छैन। हामी विश्वलाई स्पष्ट रूपमा भन्न चाहन्छौं समाधान त्यही मात्र हो’, खानले भनेका छन्, ‘यसका लागि हामी राजनीतिक संघर्ष गर्नेछौं, हामीलाई सैन्य हस्तक्षेपमा विश्वास छैन। तिमीले कश्मीरका जनतालाई गरेको वाचा अहिलेसम्म पूरा गरेका छैनौं भनेर हामी राष्ट्रसंघलाई भनिरहने छौं।’

यता भारतले भने पाकिस्तानले जारी गरेको नयाँ नक्सालाई तथाकथित र हास्यास्पद बताएको छ। भारत सरकारले पाकिस्तानको यस नयाँ नक्सालाई अस्वीकार गर्दै यसको कुनै कानूनी वैधता र अन्तर्राष्ट्रियस्तरमा विश्वसनीयता नरहेको प्रतिक्रिया दिएको छ ।  

मंगलबार साँझ विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले भनेको छ,’पाकिस्तानी प्रधानमन्त्रीले जारी गरेको पाकिस्तानको तथाकथित राजनीतिक नक्सा हामीले देख्यौं। भारतको गुजरात जम्मु-कश्मीरमा आधारबिनाको दाबी गरिएको यो राजनीतिक मूर्खता हो। यस्तो हास्यास्पद दाबीको न कानुनी मान्यता छ न अन्तर्राष्ट्रियस्तरमा विश्वसनीयता।’

अघिल्लो वर्ष ५ अगस्टमा जुम्बु कश्मीरको सन्दर्भमा भारतले अनुच्छेद ३७० हटाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७