अपाङ्ग बालिकालाई बलात्कार गर्दै–गर्दै भेटिएका ७२ वर्षीय बृद्ध लुगा नै छोडेर फरार


१८ माघ २०७४, बिहीबार
rape 4

काठमाण्डौं, १८ माघ : केहि समयअघि नेपालका कारागारहरुमा रहेका प्रौढ पुरुषमध्ये अधिकांश बलात्कार घटनामा थुनिएकाहरु रहेको समाचार सार्वजनिक भएको थियो । बलात्कारमा वृद्धहरु ‘हौसिए’ भन्दै सामाजिक सञ्जालहरुमा निकै छेडछाड समेत भयो । अहिले धादिङ्ग गजुरीका एक वृद्धलाई पनि बुढेसकालमा बलात्कारको बात लागेको छ ।rape 4

त्यो भन्दा अचम्मको कुरा त उनको बलात्कार घटनाले बनाएको छ । धादिङ गजुरीमा बोल्न नसक्ने १४ वर्षीया अपाङ्ग बालिकालाई एक जना ७२ वर्षीय वृद्धले बलात्कार गरेका छन् । बालिकाको घरैमा पसेर बलात्कार गरेपछि उनी हाफपाइन्ट मात्र लगाएर भागेका छन् । इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख इन्स्पेक्टर सञ्जय तिमिल्सिनाले बलात्कारी वृद्धको खोजी भइरहेको बताएका छन् ।
‘आरोपित फरार छन्, हामीले अनुसन्धानपछि मुद्दा चलाइसकेका छौं’– तिमिल्सिनाले भने– ‘उनी जान सक्ने सबै ठाउँहरुमा खोजी गरिसकेका छौं । उनी हाफपाइन्ट र सर्ट मात्रै लगाएर मोबाइल समेत नलिई भागेको खुलेको छ ।’ आफ्ना परिवारजनसँग पनि ती वृद्ध सम्पर्कमा नरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताउँछन् ।

बालिकाका पिताले भेटेका थिए रङ्गेहात

बालिका विपन्न परिवारकी कान्छी सन्तान हुन् । १४ वर्षीय उनी बौद्धिक अपाङ्ग हुन् । उनलाई सरकारले नीलो रङको अपाङ्गता परिचय–पत्र समेत दिएको परिवार बताउँछन् । घटना गत २२ असोज महिनामा भएको हो । बालिका घरमा एक्लै थिइन् । उनको घरसँगै नजिकैका ती वृद्धले घरमा कोही नभएको मौका छोपी बालिकालाई बलात्कार गरे ।

बौद्धिक अपाङ्ग उनले प्रतिकार गर्न सकिनन् । त्यसै क्रममा पीडित बालिकका बुबा त्यहाँ आइपुगे । तर, सोझा ती बुबाले के गर्ने कसो गर्ने कुनै मेसो पाएनन् । छरछिमेकलाई बोलाउने भन्दै उनी ती वृद्धलाई घरमा थुनेर बाहिर निस्किए । तर, पीडितका बुबा बाहिर निस्किएका बेला ती बृद्ध घरको कमजोर छिस्किनी खोलेर बाहिर निस्किन सफल भए । घटना लगत्तै उनले इलाका प्रहरी कार्यालय, गजुरीमा किटानी जाहेरी दिए । प्रहरीले जबरजस्तीकरणी अन्तर्गत मुद्दा समेत चलायो । तर, अहिलेसम्म पीडक फेला पर्न सकेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७