एक तोला सुनको मूल्य एक लाख एक हजार चार सय


२१ श्रावण २०७७, बुधबार
gold

काठमाडौं, २१ साउन । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्यासित रुपमा बढेको छ ।

मङ्गलबार प्रतितोला रु ९९ हजार ८०० मा कारोवार भएको पहेंलो धातुमा आज रु एक हाजर ६०० ले वृद्धि भएको छ । बजार खुल्ने बित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार चारसय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख ९०० निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज चाँदीको मूल्य रु ६५ ले बढेको छ । एकतोला सेतो धातुको मूल्य आज रु एक हजार २९५ निर्धारण भएको छ ।

कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागूगरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २,०२४.५३ अमेरिकी डलर कायम भएको छ । त्यसैगरी प्रतिऔंस चाँदी २५.९६ अमेरिकी डलर निर्धारण भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७