नेपाली सेनाको टाेली शान्ति स्थापनाका लागि इराक प्रस्थान


२१ श्रावण २०७७, बुधबार
un mission 1

काठमाडौं, २१ साउन । तीन महिनादेखि रोकिएको नेपाली सेनाको टोली शान्ति स्थापनाका लागि आज (बुधबार) इराकतर्फ प्रस्थान गरेको छ ।

३५ जनाको टोली बुधबार बिहान इराक प्रस्थान गरेको हो सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिएका छन् । कोरोना संक्रमणलगायतका कारण तीन महिना पहिले नै जानु पर्ने टोली रोकिएको थियो ।

हिमालयन एयरलाइन्सको एयरक्राफ्टमार्फत ३५ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।

नेपाली सेनाको सैनिक मिसन कोरोनाका कारण तीनदेखि चार महिना प्रभावित भएको प्रवक्ता पौडेलले बताएका छन् । मालीमा असार ३१ गते नै टोली प्रस्थान गरिसकेको छ । पहिलो पटक नेपाल एयरलाइन्समा २१३ जनाको टोली गएको हो ।

त्यस्तै लिवियामा २३० जना जानु पर्नेमा ११४ जना पहिलो फ्लाइटमा काठमाडौंबाट ट्युनिसिया र त्यहाँबाट लिविया जानेछन् । ट्युनिसियाबाट स्वीकृति प्राप्त भइनसकेका कारण प्रस्थान गर्न ढिलाइ भइरहेको छ ।

साउथ सुडानमा मार्चमा जानु पर्नेमा जुलाइमा मात्रै गएका थिए । १४ गते पहिलो फ्लाइटमा २३८ जना गएका छन् । अब दोश्रो र तेश्रोमा गरी ७०० सैनिक त्यसतर्फ प्रस्थान गर्ने छन् । सुडानमा भदौ ३ र २१ गते जाने तयारी भइरहेको प्रवक्ता पौडलको भनाइ छ ।

उनले उडान प्रभावित हुन सक्ने सम्भावना भने रहेको जानकारी दिएका छन् । इराकमा सन् १९९५ देखि नेपाली सेना राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा सहभागी हुँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७