मदन पुरस्कार–०७६ का लागि सात पुस्तक छनौट, कसले मार्ला बाजी ? (सूचीसहित)


२१ श्रावण २०७७, बुधबार
3619005f12b3fa210d3bf5b2dca0d889 w1000 h500 cp

काठमाडौं, २१ साउन । ‘मदन पुरस्कार–२०७६’ का लागि सात पुस्तक छनोट भएका छन् । मदन पुरस्कार गुठीले १५१ पुस्तकहरुबाट सात पुस्तक छनोट गरेको जानकारी गराएको छ ।

छनोट भएका सात पुस्तकबाट एकलाई पुरस्कार प्रदान गरिने छ । यस वर्ष मनोनयनमा परेका पुस्तकहरुमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुङ्गानाको परित्यक्ता, योगी धर्महारसको महारसनिघण्टु (खण्ड१–३), चन्द्रप्रकाश बानियाँको महारानी, ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा छन् ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त पुस्तकहरुमध्ये बढीमा १० पुस्तकको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकको सूची गुठीलाई उपलब्ध गराएको जानकारी दिएका छन् ।
२०१२ सालमा यो पुरस्कारको स्थापना गरिएको थियो । वर्षेनी उत्कृष्ट कृति लेखनलाई यो पुरस्कार दिइँदै आएको छ ।

पुरस्कारको राशिमा समय–समयमा परिवर्तन हुँदै आएको छ । वि.सं. २०७५ देखि नगद चार लाख रुपैयाँ पुरस्कार राशि राखिएको छ । साहित्य तथा लेखन क्षेत्रमा मदन पुरस्कारलाई प्रतिष्ठित मानिन्छ ।
हेर्नुस् पुस्तकको सूची

1596619736 madan puraskar

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७