बुधवारको चन्द्रग्रहण सबैभन्दा दुर्लभ खालको, विशेषता के के ?


१८ माघ २०७४, बिहीबार
chadra grahan

विशेष किसिमको ग्रहणको अवस्थामा देखा पर्ने ब्लड मुन वा रक्त चन्द्र, पूर्ण चन्द्र ग्रहण तथा एकै महिनाभित्रकै दोस्रो पूर्णिमा एकै चोटि पर्दा हुने ब्लु मुन एकैचोटि परेको यस्तो खगोलीय घटना यो भन्दा १५२ वर्ष पहिले पनि भएको थियो। chadra grahan

यो दुर्लभ घटना सबै ठाउँबाट राम्ररी देख्न भने सकिने छैन। संयुक्त राज्य अमेरिकाको पश्चिमी भाग, अस्ट्रेलिया र पूर्वी एसियाबाट चन्द्रग्रहणको दृश्य राम्रोसँग देखिने अन्तरिक्षसम्बन्धी अमेरिकी संस्था नासाले बताएको छ।

तर यूरोपका धेरैजसो भाग, अफ्रिका तथा दक्षिण अमेरिका भने यो दृश्य देख्नबाट वञ्चित रहने बताइएको छ। बुधवारको रात नै पृथ्वीको एकमात्र प्राकृतिक भू-उपग्रह चन्द्रमा, पृथ्वीको एकदमै नजिक पनि आएको छ।

विशेषता के के ?
अझ जोड दिएर भन्ने हो भने बुधवारको चन्द्रग्रहणका क्रममा तीनवटा खगोलीय घटना एकैसाथ भएका छन्।

सुपरमुन, ब्लु मुन र ब्लड मुन

‘सुपरमुन’भन्नाले त्यस्तो खगोलीय घटना हो जतिबेला चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुन्छ र १४ प्रतिशत बढी चम्किलो हुन्छ।

एकै महिनाभित्र पूर्ण चन्द्रमा दुई पटक देखिने अवस्थालाई ‘ब्लु मुन’ भनिन्छ।

खासमा चन्द्र ग्रहण लाग्दा पृथ्वीको छायाले गर्दा चन्द्रमा कालो देखिन पुग्छ। तर आज लागेको चन्द्रग्रहणको क्रममा केही सेकेण्डका लागि चन्द्रमा पूरै रातो पनि देखिने बताइएको छ र यही अवस्थालाई ‘ब्लड मुन’ भनिन्छ।untitledcollage

ग्रहण
पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ। त्यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छाया देखिन्छ। छायाको त्यस्तो अवस्था नै चन्द्रग्रहण हो।

चन्द्रमाको पूरै भाग छायाले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण भनिन्छ र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ। चन्द्रग्रहण पूर्णिमा तिथिका दिन लाग्दछ । बुधवारको चन्द्र ग्रहण सन् २०१८ को पहिलो ग्रहण हो।

३३ वर्षभन्दा कम उमेरका मानिसहरुले आफ्नो जीवनमा ‘ब्लड मुन’ देख्न पाएको यो नै पहिलो मौका हो। नासाका अनुसार पछिल्लो पटक यस्तो ग्रहण सन् १९८२ मा लागेको थियो र अब त्यस्तो मौका २५ वर्षपछि मात्र सन् २०३३ मा आउनेछ। खगोल वैज्ञानिकहरुका लागि पनि बुधवारको घटना एकदम महत्वपूर्ण हो।

बिबिसि

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७