मनोज पुनको नाममा रामुको ‘धम्की धन्दा’


१८ माघ २०७४, बिहीबार
ramu

पोखरा, १८ माघ : व्यवसायी हत्याका योजनाकार मनोज पुनको नाम भजाएर धम्की धन्दा चलाउने प्रयास गरिरहेका रामु सुवेदीसहितका तीन युवाको कर्तुत छताछुल्ल भएको छ । ramu

छिटो पैसा कमाउने लोभले मनोज पुनको नाम लिंदै फिरौती माग्ने ती युवा अहिले प्रहरी खोर छन् । प्रदेश सांसद तथा उद्योगी विन्दुकुमार थापा, उद्योगी कालु गुरुङ, मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठलगायतलाई फोन गरेर उनीहरुले ठूलो रकम मागेका थिए । रकम माग गर्ने मुख्य योजनाकार नरबहादुर गुरुङसहित शिव कार्की, अमृत खड्का र रामु सुवेदीलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । आर्थिक हैसियत बढाउने लोभले फिरौती माग गरेको उनीहरुले स्वीकारेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिएका छन् । पछिल्लो समयका केही हत्या घटनाका मुख्य योजनाकार मनोज पुनको ग्याङ हौं भन्दै एक महिनादेखि भारत तथा नेपालका विभिन्न ठाउँबाट मोबाइल नम्बर परिवर्तन गर्दै उनीहरुले रकम माग गरेका थिए ।

मुख्य योजनाकार स्याङ्जा टक्सार घर भई पोखरा जरेबर बस्दै आएका नलबहादुर रहेको प्रहरीले जनाएको छ । स्याङ्जा फेदीखोला ४ घर भई जरेबर बस्ने अमृत खड्का, पर्वत कुश्माका रामु सुवेदी, स्याङ्जा फेदीखोलाकै शिव कार्कीले भारतीय तथा नेपालका नम्बरबाट फोन गरेर अपहरण तथा हत्या गर्नेसम्मको धम्की दिंदै फिरौती माग गरेको प्रहरीले बतायो ।

मुख्य योजनाका नरबहादुरल अन्य व्यक्तिलाई फकाएका थिए । उनीहरुले एउटा भारतीय र दुईवटा नेपाली मोबाइल नम्बरबाट फोन गरेर रकम माग्ने गरेका थिए । उनीहरुले रकम असुल्न मोबाइल नम्बर जम्मा पारेका थिए । गुरुङ र थापाबाहेक उनीहरुको लिस्टमा जग्गा व्यवसायी बोधराज कार्कीको पनि नाम थियो । तर, कार्कीको मोबाइल नम्बर सही लिन नसक्दा अर्कै बोधराज गिरीलाई फोन गरेर धम्क्याएका थिए । उनीहरुले रकम माग गरेका गिरी नेपाली सेनाका अवकाशप्राप्त कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

घटनाका पीडित विन्दकुरमा थापाले मनोज दाइ भारतमा हुनुहुन्छ, यता आउन मिल्दैन । तपाईंबाट दुई करोड रुपैयाँ अपेक्षा गर्नुभएको छ भन्दै धम्क्याउने गरेको बताएका छन् ।उनीहरु प्रक्राउ परेलगत्तै सांसद थापाले प्रहरीमा किटानी जाहेरी दिएका छन् भने उद्योगी कालु गुरुङ पनि जागेरी दिन काठमाडौंबाट आउँदै गरेको प्रहरीले जानकारी दियो । बुटवलमा एमाले नेता दुर्गा तिवारी, बासु पौडेल र पछि काठमाडौंमा निर्माण व्यवसायी शरद गौचनको हत्या गर्ने र गर्न लगाउने मनोज पुन भन्दै नलबहादुर गुरुङ टिमले फोनबाट धम्क्याउन थालेपछि प्रहरीमा जाहेरी दिएका सांसद थापाले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७