सूर्य नेपालको नयाँ उत्पादन त्रिसारा अगरबत्ती बजारमा


२२ श्रावण २०७७, बिहीबार
Trisara

काठमाडौं,२२ साउन । सूर्य नेपालले नयाँ नामको अगरबत्ती बजारमा ल्याएको छ । कम्पनीको उत्पादन मंगलदीप अगरबत्ती बजारमा ल्याएको छोटो समयमानै यो अगरबत्ति निकै लोकप्रिय बन्न सफल भएको कम्पनीले जनाएको छ ।

मंगलदीप अगरबत्तीको बजार लोकप्रियता, विस्तृत बजार अनुसन्धान र ग्राहकहरुसँगको नियमित संवाद तथा उनीहरुको चाहनालाई सम्बोधन गर्दै “मंगलदीप त्रिसारा” नामको नयाँ अगरबत्ती नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ । त्रिसारा अगरबत्तीको हरेक काँटीमा ग्राहकले मनमोहक सुगन्धको अनुभव गर्न पाउने कम्पनीले जनाएको छ ।
त्रिसाराको प्रति प्याक मूल्य एक सय रुपैयाँ कायम गरिएको र यस अन्तर्गत १८० काँटी जिपलक प्याकमा उपलब्ध हुने जनाइएको छ । जिप लकले गर्दा काँटीको गुणस्तरियता, सुगन्ध लामो समयसम्म टिक्ने दाबी कम्पनीको छ । त्रिसरालाई सुपर सेभर प्याकको रुपमा प्रवद्र्धन गर्ने कम्पनीले जनाएको छ ।

सूर्य नेपालले विभिन्न स्वदेशी अगरबत्ती उद्योगहरुलाई आफ्नो संस्थागत सामाजिक दायित्व अन्तर्गत मंगलदीप अगरबत्ती बनाउन दिई सोको बजार प्रवर्धन तथा विक्रि गरि ती उद्योगहरुलाई दिगो एवं सक्षम बन्न मद्दत गरिराखेको पनि जनाएको छ ।

मंगलदीप अगरबत्तीले हाल राष्ट्रकोअगरबत्तीमा व्याप्त परनिर्भरता कम गरि देशको राजश्व वृद्धि गर्न तथा अवैध रुपमा हुने अगरबत्ती आयात रोक्न समेत सफल भइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७